रोनाल्डो र मेसीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाउने खेलाडी

ताज़ा खबर

१६ जेठ काठमाडौं । स्वीस टेनिस स्टार रोजर फेडेरर विश्वमा सर्वाधिक कमाई गर्ने खेलाडी बनेका छन् । कोरोना भाइरस महामारीका कारण पुटबलरहरुको कमाइ घटिरहेका बेला फेडेररले फुटबलका क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीजस्ता खेलाडीलाई पछि पार्दै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका हुन् ।

फोर्ब्सले सार्वजनिक गरेको सूचीमा फेडेरर १०६.३ मिलियन अमेरिकी डलर आम्दानी गर्दै शीर्ष स्थानमा छन् । उनको यो प्रि ट्याक्स कमाइ रहेको फोर्ब्सले जनाएको छ । फेडेररले इन्डोरसमेन्टबाट १०० मिलियन कमाउँदा पारिश्रमिक वापत ६.३ मिलियन कमाएका हुन् 

Loading